रौतहट । रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र ठगी गर्ने कार्यमा संलग्न चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा पास, बिक्री वा अन्य प्रशासनिक कामका लागि कार्यालय आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभनमा पारी रकम असुल्ने गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको…