पोखरा। पोखरा महानगरपालिकाले फेवाताल किनारमा सार्वजानिक जग्गामा बनेका अवैध संरचना हटाउन डोजर चलाएको छ। महानगरपालिकाले फेवाताल आसपास अनधिकृत रूपमा बनाइएका टहराहरू भत्काउने अभियान सुरु गरेको हो। शनिबार बिहानदेखि सुरु गरिएको कारबाहीमा ३२ वटा टहरा हटाइएको महानगर प्रहरीले जनाएको छ। महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार नेपाल प्रहरीको सहयोगमा संयुक्त रूपमा डोजर प्रयोग गरी संरचना हटाइएको…