सुर्खेत । सार्वजनिक सेवा प्रवाहमै अवरोध पुर्याउँदै आएको बिचौलिया समूहविरुद्ध सुर्खेत प्रहरीले कारबाही गरेको छ। यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनीहरूले सवारी नवीकरण, जग्गा नामसारीलगायत काम छिटो गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिँदै आएका थिए। यस्तो गतिविधिले कार्यालयको नियमित प्रक्रिया प्रभावित भएको सूचना आएपछि प्रहरी टोली खटाइएको थियो।…