काठमाडौं । नेकपा निकट जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ। तिमल्सिनालाई मंगलबार बिहान अनामनगरबाट सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर भद्रकालीस्थित प्रहरी परिसरमा लगिएको थियो। उनलाई केही समय सोधपुछ गरेपछि चेतावनीसहित छाडिएको बताइएको छ। तिमल्सिनाका अनुसार सरकारको आलोचना गरेको विषयलाई लिएर आफूलाई पक्राउ गरिएको हो। प्रहरीले आगामी दिनमा…