भदौ २६ गते दिउँसो करिब १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक्स लगाएका अपरिचित व्यक्ति प्रवेश गरे । बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकेका ती व्यक्तिले मनि ट्रान्सफरमा छिरी काउन्टरमा बसिरहेकी स्टाफलाई मार्ने…