काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वमन्त्री दीपक खड्कालाई जेन–जी आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको नगद रकमसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त रकमबारे छानबिन अघि बढाउन आवश्यक भएकाले खड्कालाई पक्राउ गरिएको बताएका हुन्। गत २४ भदौको आन्दोलनका क्रममा बरामद भएको नगद र त्यसको स्रोतबारे अनुसन्धान केन्द्रित रहेको…