काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सानदार शतक प्रहार गरेका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराका लागि रोसिङ्टनले ५५ बलमा शतक प्रहार गरेका हुन् । सो क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे…