काठमाडौं । नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य…