काठमाडौँ,भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सम्पन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित समयमै…