भैरहवा,रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ (भैरहवा) का २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमान वैशाख ५ गतेबाट परिवारसँग सम्पर्कविहीन भए । उनी यस अघि पनि घरबाट निस्किएको हप्तौँ दिनसम्म घर आउँदैनथे ।यसपटक घरबाट निस्किएको एक महिना पुग्न लागेको थियो । परिवारले पनि खासै चासो राखेका थिएनन् । तर जब परिवार सदस्यको मोबाइलमा मोहम्मद अपहरणमा परेको म्यासेज आयो तब…