काठमाडौंनेपाल चिकित्सक संघले आन्दोलनरत सरकारी चिकित्सकको समस्या वार्ता र संवादको माध्यमद्वारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।संघका महासचिव डा लोचन कार्कीले विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न माग गरिएको बताए । संघले चिकित्सकको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई अल्टिमेटम दिएको हो ।काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी…