चरिकोट । दोलखामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिरी नगरपालिका–१, श्यामाको ढुङ्गेमा ४५ वर्षीया श्रीमती फुर्लमु शेर्पाले चिर्पटले हिर्काएर ५९ वर्षीय श्रीमान निमातेञ्जी शेर्पाको हत्या गरेकी हुन् ।बुधबार राति आपसमा झगडा हुँदा श्रीमतीले चिर्पट प्रहार गरेकी थिईन् । मृतक निमातेञ्जी निधारमा गहिरो चोट लागेको र उनको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो…