बनेपाराष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्ममा लाभग्राहीको सूचीमा नपरेकालाई ‘पुन छुट तथा पुनःजाँच सर्वेक्षण’ अभियान सञ्चालन गर्न लागिएकोे बताउनु भएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेको धुलिखेलमा बुधबारदेखि शुरु भएको दुईदिने ‘छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ प्रशिक्षक/प्रशिक्षा’ कार्यक्रममा उहाँले अनुदान सम्झौता गर्नुपर्ने सबै काम सम्पन्न गर्ने लक्ष्य पूरा गर्न अभिमुखीकरण मुख्य कोशेढुङ्गा…