काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले…