काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धि थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पच्चीस लाख अश्लील वेभसाइट बन्द गरिएको र क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गरिने जानकारी दिए…