पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा…