इलामपार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारप्रति नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असन्तुष्टि ब्यक्त गरेका छन् । नेकपाले इलाममा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका नेता खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।‘विभिन्न क्षेत्रमा राम्रो काम गरिरहेको छ, वैदेशिक मामिला, १६ वटा मौलिक हक कार्यान्वयनको लागि ऐन कानुनहरु बनाएको छ, यस्ता…