चौतारावि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एक मात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।भूकम्प र वि.सं. २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडन समेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (१४) फोर्टिन व्यूरो सिआरसिसीले हालै…