काठमाडौँपछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ । तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेट भन्दा धेरै भएको छ । यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार…