सप्तरी । भैंसीले दूध नदिएको झोँकमा ‘बोक्सी लागेको’ भन्दै सप्तरीमा एक महिलामाथि कुटपिट गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साहलाई छिमेकीले नै बोक्सी लागेको भन्दै कुटपिट गरेका हुन् ।कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेर थलिएकी साहको तीन दिनदेखि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। भैंसीले दूध नदिएपछि छिमेकी…