काठमाडौं ।पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपस्थित थिए ।२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले आज उद्घाटन गरिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा…