रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले बताए ।…