मकवानपुरको भिमफेदी गाँउपालिका २ स्थित पोखरी प्राविमा अध्ययनरत सिमान्तकृत चेपाङ जातिका वालवालिकालाई लत्ताकपडाका लागि नगद र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच अति विपन्न चेपाङ विद्याथीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।कार्यक्रमका लागि चुनियाँबाट करिव दुइ घण्टा उकालो चढेर काठमाडौंदेखि आएका सहभागीहरु पुगेका थिए । स्थानीय अविभावक तथा विद्यार्थीहरुबाट उनीहरुलाई विद्यालयमा भव्य स्वागत…