काठमाडौँसिन्डिकेट विरुद्ध सरकार आक्रमक भइरहे पनि देशभर सिन्डिकेटको सञ्जाल भने कायम छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म, प्रायजसो सबै पहाडी जिल्लामा सिन्डिकेट व्याप्त छ । पुराना व्यवसायी समितिले नयाँ व्यवसायीलाई सडकमा प्रवेश गर्न नै रोक लगाउँदै आएका छन् ।देशभरका पुराना सडक यातायात व्यवसायी समितिको कब्जामा छ । राजमार्ग र सडक सरकारले बनाएको छ…