काठमाडौंनवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै शुक्रबार कार्यभार सम्हालेका छन् । शीतल निवासमा मन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । उनले भने,…