भूकम्पको केन्द्र सिन्धुपाल्चोक, रेक्टर ६

बुधबार विहान भूकम्पको ठूलो धक्का महशुस भएको छ।  बिहान करिब ५ बजेर १९ मिनेट जाँदा धक्का महशुस भएको हो।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टरको भूकम्प गएको जानकारी दिए।भूकम्पको धक्कापछि मानिसहरू घरबाहिर निस्किएका छन्। धेरैपछि यति ठूलो धक्का महशुस भएको हो। 

Logo