बेनी । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि अहिले तीर्थयात्री तथा बाह्य पर्यटकसमेत यहाँ आकर्षित भएका छन् । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शिला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिंग रहेको भनिएको गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकको आकर्षण यहाँ बढेको हो । कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा…