मुगुजिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् । जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो । गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीका अनुसार गएराति कामदारहरु काम सकेर कालै, पुरुमुरु र जिमा गाउँमा सुत्न गएका बेला अज्ञात समूहले मौका छोपी भवन भत्काएको…