काठमाडौँको स्वयम्भुस्थित मनमोहन मेमोलियल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटलको सेवा अवरुद्ध भएको छ। बिहिबार राति उपचारका लागि ल्याइएका युवाहरू बीच इमर्जेन्सीमै दोहोरो झडप भएपछि सेवा अवरुद्ध भएको हो ।२०/३० जना युवाहरू बीच भएको दोहोरो झडपका क्रममा अस्पतालका सामाग्रीहरू तोडफोड भएको र इमर्जेन्सी कक्ष रक्ताम्य भएको अस्पतालले जनाएको छ। झडपका क्रममा चिकित्सक तथा सुरक्षाकर्मीमाथि समेत हातपात…