तनहुँ, २९, कात्तिक तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको लाइसेन्स दिइएको छ । एक सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको हो । कम्पनीलाई एक सय चार मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।…