काठमाडौँ, २८, असोज आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङलाई चीनबाट पेट्रोलियम पदार्थ आयातको जिम्मेवारी सुम्पिने तयारी गरेको छ। ट्रेडिङलाई सो जिम्मेवारी प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। लामो समयदेखि काम विहीन बनेपछि आपूर्ति मन्त्रालयले ट्रेडिङको सञ्चालक समितिलाई आगामी कार्यदिशा के हुने र कसरी अगाडि बढ्ने भन्ने विषयमा विज्ञहरूको सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको…