कास्की ।कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई…