म्याग्दी, १२ भदौ कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् ।देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारे लगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु…