मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली

काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको…

Logo