काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गर्नुभएको…