पर्सा, २५ असार । वीरगन्ज महानगरपालिकाको मुर्लीबगैँचाबाट प्रहरीले आज ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विशेष सूचनाका आधारमा महानगरपालिका–१५ स्थित मुर्लीबगैँचामा डेरा गरी बस्ने भीम श्रेष्ठको कोठाबाट रु एक लाख ७२ हजार २७० नगदसहित छजनालाई पक्राउ गरेको हो ।श्रेष्ठले कोठामा व्यावसायिक रुपमै जुवा तास खेलाउने गरेको पूर्वसूचनाको आधारमा…