काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरे वापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामी सङ्ख्या माग गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का शङ्कास्पद तथा सङ्क्रमित व्यक्ति राखी उपचार गर्ने अस्पताललाई अनुदानका लागि सङ्क्रमित कति दिन अस्पतालमा बसेको र सङ्क्रमितको सङ्ख्या माग गरेको जानकारी दिए।उनका अनुसार लक्षण नभएका वा…