काठमाडौँ ।‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे । त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए ।उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर…