काठमाडौं ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।…