बिहीबार थप तीनजना कोरोना संक्रमित थपिएका छन् । बिहिबार दिउँसो २ जना र साँझ एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।…