कोरोना भाइरस (कोभिड १९) को महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनका कारण दिनेश रमौलीको मोबाइल पसल एकसातादेखि बन्द छ । पसल बन्द भएसँगै उनलाई दैनिकी जीवनयापन र पसल भाडाको पिरलोले सताएको छ ।सरकारले लकडाउन लम्ब्याउने कुराले व्यवसायीको मनमा थप पिरलो थपिएको छ। तर दिनेशको मनले भने पिरलोसँगै शान्तिको श्वास पनि फेरिरहेको छ।घरधनीले चैत महिनाको भाडा नलिने…