काभ्रे ।पाँचखाल नगरपालिका–१ अनेकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटिएको छ । शनिबार फेला परेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।मूर्ति भेटिएको उक्त स्थानमा थप उत्खनन् गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, स्थानीय…