कैलाली ।कैलाली–कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । कैलाली र कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल नबन्दा स्थानीयवासीले पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता बनेको हो ।धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि पैसा तिर्दै आएको…