काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले संसदीय लोकतन्त्रमा संसदको गरिमा र महत्व उच्च हुने भन्दै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले संसदीय अभ्यास गरिरहेका मुलुकहरूमा जनप्रतिनिधिमूलक संस्था संसदलाई सर्वोच्च राजनीतिक थलोका रूपमा लिइने उल्लेख गरेका छन्। संसदले नै प्रधानमन्त्री चयन गर्ने संवैधानिक व्यवस्था भएकाले प्रधानमन्त्री संसद…