यतिबेला प्रदेश नं. ३ को नाम र स्थायी राजधानीको विषयले निकै चर्चा पाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश सभाको क्षेत्राधिकार मिच्दै स्थायी राजधानी हेटौंडा र नाम वागमती नै राख्न आफ्ना सांसदहरुलाई ठाडो निर्देशन दिएपछि नेकपाकै प्रदेश सभा सदस्यहरु असन्तुष्ट बनिरहेका छन् । नाम वागमती नै होस् तर राजधानी भने…