काठमाडौं ।पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ ।टानले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले प्रवद्र्धनका गतिविधि सञ्चालन गर्ने जनाएको हो…