हेटौँडा ,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका छन् । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गरे ।उनले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न…