हेटौँडा,केही वर्ष अघिसम्म एक दुईजना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजार जनाभन्दा बढी पर्यटकहरु आउन थालेका छन् । गत वर्ष विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी यहाँ आउनु भएको थियो । देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको आगमन बढेको ठानिएको छ ।देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको…