काठमाडौं,भोलि शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदैछ।यसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा…