मलङ्गवा अस्पतालमा आगलागी ,सात लाख रुपैयाँको क्षति

सर्लाही,मलङ्गवा अस्पतालमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरी, स्थानीय बासिन्दा, व्यापारी…

Logo